Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन खुल्यो

    कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन खुल्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । कुमारी बैंकले आजदेखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले १० वर्ष अवधिका लागि ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०८९’ निष्कासन गरेको छ ।

    बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । कुल बिक्री खुलेको ऋणपत्रमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।



    बाँकी १८ लाख कित्ता भने व्यक्तीगतरूपमा बिक्री गरिने बैंकले जनाएको छ । यसैगरी, सर्वसाधारणलाई छुट्याइएकोतर्फबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।



    भदौ २१ गतेसम्म आवेदन दिन पाइने यस ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । ऋणपत्रको बिक्री प्रबन्धक तथा निष्कासकमा नबिल इन्भेष्टमेन्ट रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार