पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डमा फेरि पहिरो खसेको छ ।
तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात ठप्प भएको छ । यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
हिजो दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाएको तर गएराति दुई ठाउँमा पहिरो खसेपछि पूर्णरुपमा ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सडक खुलाउन केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।
Leave a Reply