Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • विश्वविद्यालय कार्यकारी परिषद्ले दिएको जाहेरी प्रहरीले लिन मानेन

    विश्वविद्यालय कार्यकारी परिषद्ले दिएको जाहेरी प्रहरीले लिन मानेन

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 927
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकबाट माइन्युटलगायत महत्त्वपूर्ण कागजात लुटपाट गर्नेमाथि कारबाही माग गर्दै विश्वविद्यालय कार्यकारी परिषद्ले दिएको जाहेरी प्रहरीले लिन इन्कार गरेको छ ।

    नेविसंघका विद्यार्थी नेता योगेन्द्र रावल र श्यामराज ओझाको नाममा जाहेरी दिँदा प्रहरी वृत्त दरबारमार्गले लिन इन्कार गरेको विश्वविद्यालयले जनाएको छ ।



    १० गते कार्यकारी परिषद्को बैठक थियो । बैठक भइरहँदा नाराबाजी गरी माइन्युट खोस्न पुगेको रावल र ओझाको टोलीले हातपात गरी महत्त्वपूर्ण कागजात लुटेर लगेका थिए ।



    माइन्युटसहित लुटपाटमा संलग्नमाथि पक्राउ गरी कारबाही गर्न माग गर्दै त्रिवि कार्यकारी परिषद्ले किटानी जाहेरी दिएको थियो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार