Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बढ्यो डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेल मूल्य बढाएको छ ।

भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको हो ।

नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ । त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा ३० करोड ५२ लाख नोक्सान हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077