Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले सुरु गर्‍यो चीन र भारतका सैनिकलाई एकैठाउँ उभ्याएर विशाल युद्धाभ्यास

एजेन्सी । रुसले चीन र भारतका सैनिकलाई एकैठाउँ उभ्याएर एक साता लामो विशाल युद्धाभ्यास सुरु गरेको छ । भ्लादिभोस्तोकमा सुरु भएको यो अभ्यास सेप्टेम्बर ७ सम्म चल्नेछ ।

भारत र चीनका बीचमा पछिल्लो समय सीमा तनाव चलिरहेको छ। तर, दुवैको रुससँग सुमधुर सम्बन्ध भएकाले उनीहरु एउटै सैन्य अभ्यासमा सामेल भएका हुन्।

त्यसका अलावा लाओस, मंगोलिया, निकारागुवा, सिरिया र पूर्व सोभियत संघका सदस्य मुलुकहरुका सैनिक पनि अभ्यासमा सामेल भएका छन्।

रुसी रक्षा मन्त्रालयले भोस्तोक २०२२ नाम दिइएको यो अभ्यास रुसको सुदूर पूर्व र जापान सागरमा हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077