कैलाली । कैलाली प्रहरीको परिसरबाटै चिनी रातारात गायब भएको प्रकरणमा छानबिन समिति गठन भएको छ ।
धनगढीको मुख्य बजार क्षेत्रबाट भदौ ८ गते राति बरामद गरेको अवैध १८ कठ्ठा अर्थात ९ क्विन्टल चिनी रातारात गायब भएको थियो ।
सो प्रकरणमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोलासिंह रावलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।
कैलालीका प्रहरी प्रमुख तथा एसपी सोमेन्द्रसिंह राठौरमाथि छानबिनका लागि समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । छानबिनका क्रममा दोषी देखिए एसपीसहितका संलग्न अधिकारीलाई कारबाहीको दायरामा आउने भएका हुन् ।
प्रहरीले आर्थिक लाभ लिएका कारण तस्करीमा प्रयोग भएको अटो र चिनीलाई प्रहरीले सहजै छोडेको आरोप छ ।
Leave a Reply