Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले भने - प्रदीप गिरिले छोडेर गएका चिन्तनलाई कांग्रेसले देशभर पुर्‍याउँछ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरिलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रूपमा स्मरण गरेका छन् ।

आज बिहीवार काठमाण्डौमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका नेता गिरि भर्सटायल, जिनियस भएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले गिरिमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरि सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताए ।

गिरिको निधनले नेपाल र सारा विश्वलाई अपूरणीय क्षति पुर्‍याएको उनको भनाई छ । गिरिले छोडेर गएका चिन्तनहरूलाई नेपाली कांग्रेसले देशभर पुर्‍याउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077