Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपतिको अपमान गरियो : पौड्याल

    नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपतिको अपमान गरियो : पौड्याल

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 936
    SHARES

    काठमाडौं। राष्ट्रियसभाकी सदस्य बिमला राईं पौड्यालले नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गरिएको बताएकी छिन् ।

    बिहीबार राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै उनले राष्ट्रपतिले उठाएका विषयलाई सम्बोधन नगरि हुबहु विधेयक पारित गर्नुले राष्ट्रपति संस्थाकै अपमान जिकिर गरेकी हुन ।



    पौड्यालले भनिन्,‘राष्ट्र प्रमुख भनेको कुर्सी हो, त्यो भनेको श्रीमती विद्या भण्डारी ज्यू पनि होइन ।’



    राष्ट्रपतिले विधेयक फिर्ता गर्दा पठाएको सन्देश संसदमा टेबुल नहुँदै गठबन्धनका नेताहरुले हुबहु विधेयक पारित गर्ने निर्णय गरेको भन्दै उनले त्यसलाई अहंकारको संज्ञा दिइन ।

    यसबाट संसद गठबन्धनका नेताको क्लब जस्तो र सभामुख म्यानेजर जस्तो मात्रै भएको आफूलाई लागेको पौडेलको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार