काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता नागरिकता विधेयक राष्ट्रियसभाबाट आजै पारित गर्ने तयारी गरिएको छ ।
विधायन व्यवस्थापन समितिले हिजो पारित गरेको उक्त संशोधित विधेयक अहिले पौने ५ बजे बस्ने राष्ट्रियसभाको दोस्रो बैठकमा पेस गर्ने गरी कार्यसूची बनेको छ ।
नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन बिहीबार बसेको बैठकमा विधायन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले पेस गरेका थिए ।
विधायन समितिले बुधबार बहुमतले पारित गरेको उक्त विधेयकमा हिजो एमाले सांसदहरूले फरक मत राखेका थिए ।
Leave a Reply