Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चोरी भएका २१ वटा दुईपाङग्रे सवारी साधन हस्तान्तरण

काठमाडौं । विभिन्न समयमा चोरी भएका २१ वटा सवारी साधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहीबार सवारी धनीलाई हस्तान्तरण गरेको छ।

आज दिउँसो आयोजित कार्यक्रममा कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सवारी साधन धनीलाई हस्तान्तरण गरेका हुन्।

कार्यालयमा आर्थिक वर्ष २०७९/०८० को साउन र भदौको मध्यसम्ममा दुई पाङ्ग्रे सवारी साधन हराएको २२१ ओटा निवेदन प्राप्त भएका थिए।

प्राप्त निवेदनका आधारमा चोरी भएका सवारी साधन खोजी गर्दा साउन र भदौको मध्यसम्ममा १०१ सवारी साधन फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077