Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • धादिङमा बढ्दै डेङ्गुका बिरामी

    धादिङमा बढ्दै डेङ्गुका बिरामी

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    धादिङ । धादिङमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मङ्गलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेङ्गु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए ।

    अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढिरहेको समयमा डेङ्गुका बिरामी पनि बढ्न थालेको हो ।



    साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेङ्गुको पुष्टि भएको छ । पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छ भने ११ जनाको उपचार भइरहेको छ ।



    डेङ्गु सङ्क्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार