Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप गिरीको विचार र आदर्शलाई कांग्रेसले अनुशरण गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले स्व.नेता प्रदीप गिरीको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गरेर अगाडि बढ्ने बताएका छन्।

कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य स्व। प्रदीप गिरीको स्मृतिमा वृक्षरोपण कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन्।

उनले भने, ‘स्व गिरीको भौतिक शरीर हामीमाझ नरहे पनि उनको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गरेर अगाडि बढ्नेछ।’

उनले गिरी प्रकृतिप्रेमी भएकाले उनको आत्माको शान्तिका लागि सामूहिक वृक्षरोपणको आयोजना गरिएको बताए ।

स्व.गिरीको १३ औँ पुण्यतिथिका अवसरमा काठमाडौँ क्षेत्र नं ४ का सांसदको कार्यालयको आयोजनामा गौशालास्थित भण्डारखाल चौरमा एक सय आठ बिरुवा वृक्षरोपण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077