लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालमा शक्ति केन्द्रहरु सलबलाएको बताएका छन् ।
लमजुङको मध्यनेपाल नगरपालिकास्थित जनचेतना पुस्तकालयको स्वर्ण महोत्सव उदघाटन गर्दै गुरुङले यस्तो बताएका हुन् ।
नेपालमा शान्ति र दिगो विकास नचाहने शक्ति केन्द्रहरु सलबलाएको उनको भनाइ छ । मुलुक इष्ट इण्डिया कम्पनी र नेपालबीचको युद्धपछिकै ठुलो संकटमा रहेको बताए ।
राष्ट्र र राष्ट्रियता रहेमात्र राजनीति गर्ने अवस्था आउने भन्दै गुरुङले पहिला राष्ट्र जोगाउन सबै राष्ट्रवादी शक्तिहरु एकजुट हुन आवश्यक रहेको दोहोर्याए । अहिलेको अवस्थामा सर्वदलीय सरकार निर्माण गरेर भएपनि समाधान खोजिनुपर्नेमा उनको जोड थियो ।
Leave a Reply