Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सुदूरपश्चिम सरकारद्धारा गौरा पर्वमा दिएको विदा कटौती

    सुदूरपश्चिम सरकारद्धारा गौरा पर्वमा दिएको विदा कटौती

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 1.1K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको दशौं अधिवेशनलाई केन्द्रित गरी गौरा पर्वको विदा कटौती गरेको छ ।

    भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले विदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि विदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो ।



    तर बुधबार एक सूचना जारी गर्दै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको विदा कटौती गरेको जनाएको छ ।



    यस्तै भदौ १२ गते थारु समुदायको अटवारी पर्वका लागि कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिइसकिएकाले १९ गतेका लागि राजपत्रमा उल्लेख भएको बिदा समेत झिकिएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार