Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोले मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा मुसलधारे पानीसहित सडकमा लेदो र पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

चितवन प्रहरीका अनसार बिहान साढे ५ बजेतिर पहिरो खसेको हो । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको पनि प्रहरीले जनाएको छ । त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका ६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ ।

त्यहाँ पनि सडक बन्द भएको छ । ढुङ्गा पन्छाउन टोली खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसअघि मंगलबार राति खसेको पहिरो हटाएर हिजो बिहान साढे ८ बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्ड खुलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077