Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावका बेला १८० गाडी किन्दै प्रहरी

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनका लागि नेपाल प्रहरीले १८० वटा गाडी किन्ने भएको छ । उसले पर्याप्त समय नभएको कारण देखाउँदै टेन्डर आह्वान नगरी फास्ट ट्र्याकबाट गाडी किन्ने भएको हो ।

अर्थ मन्त्रालयले १८० वटा गाडी खरिद गर्न स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १८० वटा गाडी खरिद गर्न स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको छ,’ राईले भने, ‘अर्थ मन्त्रालयले ७५ करोड रुपैयाँबराबरका पिकअप खरिद गर्न स्वीकृति दिएको छ।अर्थ मन्त्रालयले प्रतिगाडीको मूल्य ५० लाख रुपैयाँभन्दा बढी नहुने गरी खरिद गर्न निर्देशन दिएको छ ।’

प्रवक्ता राईका अनुसार नेपाल प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षा प्रयोजनका लागि १ हजार ५० वटा गाडी भाडामा लिने भएको छ।उनले भने, ‘नेपाल प्रहरीलाई १३ सय वटा गाडी आवश्यक छ ।’

त्यस्तै अर्थ मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षा व्यवस्थाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न नेपाल प्रहरीलाई स्वीकृति दिएको छ । अर्थले म्यादी प्रहरीका लागि करिब ६ अर्ब बजेट सुनिश्चित गरेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077