Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

कुख्यात ‘रोमान्स ठगी धन्दा’ का नाइके घानामा पक्राउ

एजेन्सी । कुख्यात ‘रोमान्स ठगी धन्दा’को नाइके मानिएका एक जापानी पुरुष पक्राउ परेका छन् ।

इन्टरपोलको सहयोगमा ५८ वर्षिय हिकारु मोरीकावालाई पक्राउ घानामा पक्राउ गरिएको हो ।

उनीमाथि दर्जनौँ व्यक्तिसँग झण्डै २९ लाख अमेरिकी डलर ठगी गरेको अभियोग लगाइएको छ । घाना प्रहरी सेवाले इन्टरपोल टोक्योको अनुरोधमा मोरीकावालाई पक्राउ गरिएको पुष्टि गरेको छ ।

प्रहरीले उनलाई अदालतमा पेस गरेर सम्बन्धित मुलुकलाई प्रत्यर्पण नगर्ने बेलासम्म हिरासतमा राख्ने अनुमति लिइएको पनि जनाएको छ ।

यस विषयमा अहिले घाना प्रहरी सेवाको इन्टरपोल युनिट, घाना आप्रवास सेवा, इन्टरपोल टोक्यो तथा घानास्थित जापानी दूतावासबीच सहकार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077