Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बालिका बेच्न भारत लैजान खोज्ने एक महिलासहित तीनजना पक्राउ

    बालिका बेच्न भारत लैजान खोज्ने एक महिलासहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 945
    SHARES

    जनकपुरधाम । दुई बालिकालाई बेचबिखनका लागि भारत लैजाँदै गरेको अवस्थामा दुईजना पक्राउ परेका छन् । उनीहरुलाई धनुषा प्रहरीले माईनर्वा रेलवे स्टेशनबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ कमलानगर टोल बस्ने २६ वर्षीय रूपेश कुमार मिश्र, वडा नम्बर–२३ लादोवेलाका २३ वर्षीय दिल महमद साह र महोत्तरीको मटिहानी नगरपालिका–२ विल्टाहा टोलकी २० वर्षीया रानी भन्ने मुस्कान मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    जनकपुरधाम–जयनगर रेल मार्ग हुँदै दुई बालिकालाई भारत बेच्न लगिरहेको गोप्य सूचनाको आधारमा खजुरी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरिएको हो ।



    उनीहरूले दुवै बालिकाहरूलाई डेराबाट ललाई फकाई भारत लैजान ईनर्वा रेल्वे स्टेसन ल्याएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार