Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • माओवादीसँग राष्ट्रपतिले भनिन् – नागरिकता विधेयकमा राष्ट्रिय सहमति चाहिन्छ

    माओवादीसँग राष्ट्रपतिले भनिन् – नागरिकता विधेयकमा राष्ट्रिय सहमति चाहिन्छ

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतासँगको भेटमा नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाएकी छन् ।

    राष्ट्रपति निवास पुगेका माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेतासँग उनले राष्ट्रिय महत्वको विषयमा सबै दलहरुबीच सहमति बनाएर जाने वातावरण बनाउन आग्रह गरेकी हुन् ।



    प्रचण्डले नागरिकता विधेयकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदादेखि सहमति भएको विधेयक ल्याएको प्रष्ट पारेका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको अध्यादेशभन्दा केही फरक नभएको प्रचण्डले प्रष्ट पारेका छन् ।



    जन्मसिद्धका आधारमा सबैका छोराछोरीले नागरिकता पाउन नागरिकता विधेयक पास हुनुपर्ने प्रचण्डले जोड दिएको ती नेताले बताए । अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा लगायतका नेताहरु पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार