Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत र रुसको संयुक्त सैन्य अभ्यास हुन लागेपछि रिसायो अमेरिका

एजेन्सी । भारत र अन्य मुलुकका सैनिकहरूले रुसी सैनिकहरूसँग मिलेर गर्न लागेको भोस्तोक २०२२ नामक अभ्यासको खबरले अमेरिकालाई आक्रोशित बनाएको छ ।

रुसमा १ देखि ७ सेप्टेम्बरसम्म चल्न लागेको अभ्यासमा कुनै पनि देशले भाग लिनु ठीक नभएको अमेरिकाको भनाइ छ ।

युक्रेनविरुद्ध युद्ध शुरू गरेपछि रुसले विशाल स्तरको सैन्य अभ्यास गर्न लागेको हो ।

भारतले भोस्तोक अन्तर्गत जापान सागरमा गरिने जलसैन्य अभ्यासमा पनि सहभागी नहुने जनाएको छ । जापानसँगको सुमधुर सम्बन्धका कारण भारतले उक्त अभ्यासमा भाग लिन अस्वीकार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077