Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चोलेन्द्रले जोगाएका न्यायाधीश अधिकारी बर्खास्त

    चोलेन्द्रले जोगाएका न्यायाधीश अधिकारी बर्खास्त

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बाँके जिल्ला अदालतमा कार्यरत रहेका न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्तीमा परेका छन् ।

    न्याय परिषद्को बैठकले अधिकारीलाई बर्खास्त गर्नका लागि कामु प्रधानन्यायाधीशसामु सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिएका हुन् ।



    पटकपटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको भन्दै अधिकारीविरुद्ध न्याय परिषद्‍मा उजुरी परेको थियो । हालसालै गरिएको एक फैसलामा पनि कैफियत पाइएपछि उनलाई न्याय सम्पादनबाट बाहिर निकाल्न सर्वोच्च अदालत काजमा समेत तानिएको थियो ।



    बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो ।

    अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर कार्यान्वयन भएको थिएन ।

    त्यसपछि अधिकारी कालीकोट र पछि बाँकेमा सरुवा भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार