काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगबारे सुनुवाइ गर्न गठित महाभियोग सिफारिस समितिको बैठक भोलि ११ बजे फेरि बस्नेगरी स्थगित भएको छ ।
मंगलबार समितिको बैठकमा उपस्थिति भएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयान दिएका थिए । समय अभावका कारण बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।
बैठकमा समितिका सदस्यहरुले प्रधानन्यायाधीश जबरालाई विभिन्न प्रश्न गरेका थिए ।
जबराले समितिका सदस्यहरुको प्रश्नको जवाफ दिएका छन् ।जबरामाथि लागेको आरोपसँग सम्बन्धित रहेर लिखित तथा मौखिक बयान लिइने बताइएको छ ।
Leave a Reply