Online Nepal
  • बिहिबार, ४ पुष २०८१
  • गृहमन्त्रीका पीएसओ कार्कीमाथि गणमा राखेर अनुसन्धान हुँदै

    गृहमन्त्रीका पीएसओ कार्कीमाथि गणमा राखेर अनुसन्धान हुँदै

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 948
    SHARES

    काठमाडौं । सुन तस्करीमा जोडिएपछि गृहमन्त्री बालकृष्ण खाँणका (पीएसओ) टंक कार्कीलाई लाई एक नम्बर गणको थुनामा राखेर अनुसन्धान सुरु गरिएको छ ।

    प्रहरी वरिष्ठ नायव निरीक्षक (सिनियर सई) कार्कीलाई हेडक्वार्टरसँगैको एक नम्बर गणमा थुनेर  प्रहरीले उनीमाथि छानबिन तथा अनुसन्धान थालेको हो । तस्करीको सुन हिनामिना गरेपछि कार्कीले एक व्यक्तिलाई थुनाएर चेक काट्न लगाएको आरोप लागेको छ ।



    भरियाले बोकेर ल्याएको सुन ’रिसिभ’ नगरेपछि चितवनका एक व्यक्तीले त्यहाँपछि दिनुपर्ने व्यक्तिलाई नदिएपछि तस्करले कार्कीमार्फत ती व्यक्तिलाई पक्राउ गर्न लगाएर पाँच जनाको नाममा चेक काट्न लगाएको आरोप छ ।



    गौशाला प्रहरी वृत्तको हिरासतमा राखिएका ती व्यक्तिलाई अभद्र व्यवहारमा थुनिएको बताइएको छ । चेक काटेपछि ती व्यक्ति छुटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार