Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • चोलेन्द्रको बयान : ओलीलाई हटाउन परमादेश जारी गर्दा न्यायाधीशलाई आश्वासन दिइएको थियो

    चोलेन्द्रको बयान : ओलीलाई हटाउन परमादेश जारी गर्दा न्यायाधीशलाई आश्वासन दिइएको थियो

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केपी शर्मा ओलीलाई परमादेशमार्फत सत्ताच्युत गर्ने सन्दर्भमा सर्वोच्च अदालतको संवैधानिक इजलासका कतिपय न्यायाधीशहरुलाई आश्वासन दिइएको बताएका छन् ।

    महाभियोग सिफारिस समितिको बुधबारको बैठकमा बयानका लागि उपस्थित जबराले यस्तो बताएका हुन् । प्रधानन्यायधीश जबराले निवेदकबाट अन्य न्यायाधीशहरूलाई आश्वासन दिइएको पनि आरोप लगाएका छन् ।



    प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा लिएर सर्वोच्च पुगेका निवेदकहरूले संवैधानिक इजलासमा रहेका अन्य न्यायाधीशलाई आश्वासन दिएको हो ।



    राणाले भने, ‘२०७८ असार २८ सम्म म ठीक हुने त्यसपछि नहुने किन ? परमादेशबाट प्रधानमन्त्री हटेको एमालेले महाअभियोग लगाउनुपर्ने हो किनभने फैसलापछि एउटा पक्ष असन्तुष्ट हुन्छ ।

    तर, यहाँ त उल्टो परमादेशबाट फाइदा लिने पक्षले लगायो । म प्रस्ट भन्छु केही न्यायाधीशलाई आश्वासन दिइएको थियो ।’

    समितिसमक्ष बयान दिने क्रममा तत्कालीन संवैधानिक इजलासका अध्यक्षसमेत रहेका राणाले केही न्यायाधीशलाई आश्वासन दिएकै कारण असार २८ को फैसला आएको बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार