Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • अभिनेता पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित

    अभिनेता पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.1K
    SHARES

    तनहुँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज बुधबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

    नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।



    तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।



    शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार