काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निष्क्रिय भइसकेको दाबी गरेका छन् ।
महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा राणाले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताएका हुन् ।
उनले नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि समिति समक्ष बयान दिन उपस्थित भएको बताए ।
उनले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको समेत बताएका छन् ।
Leave a Reply