काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ अभियान सुरु गरेको छ।
उक्त संगठनले आज एक विज्ञप्ति जारी गरी त्रिवि बचाउ अभियान सुरु गरेको हो ।
जारी विज्ञप्तिमा विश्वविद्यालय सुधारका लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै विश्वविद्यालय रुपान्तरणका लागि आन्दोलनहरुको स्वरूप बदल्ने उचित समय आएको उल्लेख छ ।
विज्ञप्ति जारी गर्दै सो विद्यार्थी संगठनले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ। विज्ञप्तिमा विश्वविद्यालय सुधारका लागि राख्दै आएका मागहरु पुरा नगरिए थप संघर्षका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिइएको छ।