Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खर्सोन क्षेत्र युक्रेनी सेनाले फिर्ता लिन खोजेपछि भीषण संघर्ष जारी

एजेन्सी । रुसी सेनाको कब्जामा रहेको खर्सोन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउन युक्रेनी सेना अघि बढेको छ । युक्रेनले खर्सोन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउन खोजेपछि त्यस क्षेत्रमा भीषण संघर्ष जारी छ ।

रुसी सेनाको एउटा सुरक्षा घेरा तोडेको दवी गरेको युक्रेनले आफ्नो सेना २४ घण्टा आक्रमणमा खटिएको बताएको हो ।

रुसी सेनाका अखडाहरु तथा खर्सोन शहर प्रवेश गर्ने पुलहरुमा युक्रेनी सेनाले आक्रमण तीब्र बनाएको बताइएको छ ।अमेरिकाले उपलब्ध गराएको हिमार्स रकेटको सहयोगमा युक्रेनी सेनाले आक्रमण गरिरहेको हो ।

तर रुसले भने युक्रेनी दावी अस्वीकार गर्दै युक्रेनी सेना जमिनको लडाईबाटपछि हटिसकेको र युक्रेनी सेनामा ठूलो क्षति भएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077