Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • कर चुक्ताको नक्कली प्रमाणपत्र बनाउने पण्डित विराटनगरबाट पक्राउ

    कर चुक्ताको नक्कली प्रमाणपत्र बनाउने पण्डित विराटनगरबाट पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 1K
    SHARES

    विराटनगर । कर चुक्ताको नक्कली प्रमाण पत्र बनाउने एकजना विराटनगरमा पक्राउ परेका छन् ।

    आन्तरिक राजस्व कार्यालय विराटनगरबाट नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको आरोपमा लक्ष्मण कुमार पण्डितलाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ परेका पण्डितले मोरङको ग्रामथान गाउँपालिका ७ मा रहेको पाथीभरा ग्रिल उद्योगको नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको प्रहरीले जनाएको छ । कर्मचारीको नक्कली हस्ताक्षर गरेर उनले कर चुक्ताको प्रमाणपत्र बनाएका थिए ।



    पण्डितले आर्थिक वर्ष २०७८÷०७९ को ग्रिल उद्योगको कर चुक्ताको नक्कली प्रमाण पत्र बनाएका थिए । पक्राउ परेका पण्डितलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पढाएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख सूर्य प्रसाद पोखरेलले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार