Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • केन्यालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज, निर्णायक खेलमा ३१ रनले विजयी

    केन्यालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज, निर्णायक खेलमा ३१ रनले विजयी

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 891
    SHARES

    काठमाडौं । केन्यालाई ३१ रनले हराउँदै नेपालले टी–२० शृङ्खला हात पारेको छ । पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले शृङ्खला हात पारेको हो ।

    नेपालले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन बनायो । केन्याका लागि नेहेमिह ओधिआम्बोले ३७ र शेम एनगोचेले ३३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई विकेट लिए ।



    रोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगोचे र नेहेमिह ओधिआम्बोले दुई–दुई विकेट लिए ।



    यसअघि शृङ्खलामा नेपालले पहिलो र तेस्रो खेल जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको थियो । अब नेपाल र केन्याले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछन् । नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार