Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • निमित्त आईजीपी सहकुल थापाद्वारा मातहतका प्रहरीलाई निर्वाचन र चाडबाड केन्द्रित अपराध नियन्त्रण गर्न निर्देशन

    निमित्त आईजीपी सहकुल थापाद्वारा मातहतका प्रहरीलाई निर्वाचन र चाडबाड केन्द्रित अपराध नियन्त्रण गर्न निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक (आईजीपी) को कार्यभार सम्हालेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाले मातहतका निकायलाई विभिन्न निर्देशन दिएका छन् ।

    प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा भदौ १५ देखि १७ गते ९३१ अगस्ट देखि २ सेप्टेम्बर, २०२२० सम्म संचालन हुने तेस्रो United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेपछि निमित्तका रुपमा प्रहरी संगठनको प्रमुखको कार्यभार सम्हालेपछि एआईजी थापाले मंगलबार आयोजित एक कार्यक्रममा उपस्थित र भर्चुअलरुपमा सहभागी मातहतलाई निर्देशन दिएका हुन् ।



    उक्त अवसरमा एआईजी थापाले मातहत निकायलाई घोषित निर्वाचन, शान्ति सुरक्षा, चाडबाड केन्द्रित सुरक्षा, अपराध अनुसन्धान, आर्थिक अपराध, साइबर अपराधलगायतका विषयमा आवश्यक निर्देशन दिएका हुन् ।



    एआईजी थापाले निर्वाचनका सन्दर्भमा विगतका निर्वाचनमा भएका कमी–कमजोरीलाई अध्धयन गर्दै सुधार गर्नुका साथै राजनीतिक दलहरुसँगको समझदरी कायम गर्ने, राजनीतिक दलका कार्यक्रमका साथै म्यादी प्रहरी र थप मद्दतमा आउने प्रहरी टोली परिचालनको योजना बनाउन निर्देशन दिएका छन् ।

    त्यस्तै एआईजी थापाले कुनै पनि स्वरुपको गुण्डागर्दीलाई नियन्त्रणमा निर्मम हुन मातहतका निकायलाई निर्देशन दिएका छन् । झडप हुनसक्ने अवस्थाको पूर्वआंकलन गरी त्यसलाई नियन्त्रण गर्नका लागि उचित बल प्रयोग गर्नेलगायत चाडबाडका बेला हुने घटना, अपराध रोकथामका लागि सजगता अपनाउनसमेत निर्देशन दिएका छन् ।

    एआईजी थापाले सीमा अपराध तथा तस्करी नियन्त्रण, आत्महत्या न्यूनीकरण, हिरासत व्यवस्थापन तथा थुनुवा सुरक्षा, ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण, सूचना संकलन, विपत व्यवस्थापन, आर्थिक अनुशासन तथा सेवाग्राहीसँगको व्यवहारका बारेमा पनि सचेत हुन मातहत निकायलाई निर्देशन दिएका छन् ।

    कार्यक्रममा प्रहरी प्रधान कार्यालय परिसरभित्रका विभागीय, निर्देशनालय तथा महाशाखा प्रमुखहरु, काठमाडौं उपत्यका प्रहरी, ट्राफिक कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुखहरु भौतिक रुपमा उपस्थिति रहेका थिए भने प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुखहरु र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरु भर्चुअल रुपमा उपस्थिति रहेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार