Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेमा फर्किने घोषणा गरेका पूर्वमन्त्री तामाङलाई नेकपा एसको कारबाही

धनगढी । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम कमिटीले पूर्वमन्त्री तारा लामा तामाङलाई कारबाही गरेको छ ।

नेकपा एकीकृत समाजवादीमै रहेका बेला संसदमा विशेष समय माग गरेर जिम्मेवारीविरुद्ध बोलेको भन्दै कारबाही गरेको हो ।

नेकपा एमालेबाट निर्वाचित भएका उनी एमाले विभाजनपछि नेकपा एस समाजवादीमा सनाखत गरेका थिए ।

आर्थिक मामिला तथा योजनामन्त्री समेत भइसकेका तामाङ नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपसचिव हुन् । तामाङले हिजोको प्रदेश सभा बैठकमा आफू नेकपा एकीकृत समाजवादीमा नरहने र एमाले रोज्ने बताएका थिए ।

उनको उक्त अभिव्यक्तिविरुद्ध पार्टी प्रदेश अध्यक्ष हर्क बहादुर सिंहले विज्ञप्ति जारी गर्दै कारबाही गरेको जनाएको हो । केन्द्रीय सदस्यसमेत रहेको तामाङलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गर्न सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077