Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको छ : उर्जा मन्त्री भुसाल

    देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको छ : उर्जा मन्त्री भुसाल

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 945
    SHARES

    काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताएकी छन् । मंगलवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

    मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताइन् । उनले मुलुक भित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताइन् ।



    मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताइन् ।



    उनले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेपनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बताइन् । उनले रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा शंकट भएको बताइन् ।

    मन्त्री भुसालले विश्वका धेरै देशहरुलाई डिजेल र पट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा डिजेल र पट्रोलको विकल्प विद्युतबाट परिपूर्ति गर्नुपर्ने बताइन् । उनले विद्युत खपत बढाउने तथा बढी भएको विद्युत निर्यातमार्फत मुलुकको व्यापार घाटा कम गर्न योगदान गर्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार