Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

    कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । कुनै प्राविधि समस्या नआए आज साँझसम्म कक्षा १२ को नतिजा आउनेछ । राष्ट्रिय परीक्षा बोर्डले सम्भव भएसम्म आजै प्रकाशन गर्नेगरी तयारी गरिरहेको जनाएको छ ।

    नतिजा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । बोर्डको आफ्नै वेबसाइटमा गएर पनि नजिता हेर्न सकिनेछ । https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर हेर्न सकिनेछ ।



    त्यस्तै आईभीआर सिस्टम ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।



    त्यसका लागि नतिजा प्रकाशित भएको केही समयपछिबाट मात्रै हेर्न सकिने बोर्डले जनाएको छ ।  गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए ।

    बोर्डले पहिलो पटक नन–ग्रेडिङ सिस्टम अनुसार नतिजा प्रकाशन गर्न लागेको हो । यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार