Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस महामन्त्री विश्वप्रकाश भन्छन् - गठबन्धनभित्र जे सहमति भएपनि झापा-१ छाड्दिनँ

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाहेक अन्यत्रबाट उमेदवार नदिने बताएका छन्।

उनले गठबन्धन दलभित्र जो जहाँबाट उम्मेदवार बन्ने सहमति भएपनि आफूले झापा क्षेत्र नम्बर १ नछाड्ने बताएका हुन् । बिर्तामोडमा आज एक कार्यक्रममा शर्माले यस्तो बताए ।

राजनीतिमा यसले देश हाँक्न सक्छ भन्ने विश्वास पनि छ तर आफ्नो क्षेत्रमा आएर ट्रायल दिँदा हरेक पटक फेल भएको उनले बताए । शर्माले भने,'तीन पटकमा राँगो त छिन्छ भने यसपटक मैले कसरी नजितुँला ।'

महामन्त्री शर्माले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको भन्दै यसलाई अझै कसिलो बनाएर लैजाने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077