Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पशुपतिमा महँगो मोबाइल र बहुमूल्य गहना लगाएर नजान प्रहरीको अनुरोध

काठमाडौं । मंगलबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । पशुपतिनाथमा भक्तजनको सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

कमाण्ड सेन्टर स्थापना गरेर सुरक्षा व्यवस्था चुस्त बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पशुपति क्षेत्रको सुरक्षामा २४ सय प्रहरी परिचालन गरिएको छ ।

पुरुष प्रहरी १४ सय र महिला प्रहरी १ हजार जना परिचालन गरिएको छ । भक्तजनको सुरक्षाका लागी एक सिफ्टमा १२ सय प्रहरी खटिन्छन् । पशुपति दर्शन गर्न जानेहरूलाई महंगो मोबाइल नबोक्न र गहना लगाएर नजान प्रहरीले अनुरोध गरेको छ ।

पाकेटमारी र लुटपाट हुनबाट जोगिन प्रहरीले बहुमूल्य गहना नलगाउन र महंगो मोबाइल नबोक्न अनुरोध गरेको हो । पशुपति क्षेत्रमा प्रहरीले सिसिटिभी युनिट र एम्बुलेन्स स्ट्याण्डबाई राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077