Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • चौथौ टी–२० क्रिकेट : केन्यासँग नेपाल पराजित, शृंखला २-२ को अवस्थामा

    चौथौ टी–२० क्रिकेट : केन्यासँग नेपाल पराजित, शृंखला २-२ को अवस्थामा

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 888
    SHARES

    फाइल तस्विर

    काठमाडौं । केन्यासँगको चौथौ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले पराजित भएको छ । केन्याले दिएको एक सय दुई रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो ।

    नेपालका लागि रोहित पौडेलले ४७ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ केन्याका राकेप पटेलले तीन विकेट लिए ।



    यसअघि नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो । उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।



    बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

    चौथो खेलमा केन्याले रोमाञ्चक जित निकालेपछि पाँच खेलको शृंखला २-२ को बराबरी अवसथ्मा पुगेको छ । अब मंगलबार हुने अन्तिम खेल नै निर्णायक हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार