Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र भारतीय डिफेन्स कोर्स टोलीबीच भेटवार्ता

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित ‘डिफेन्स कोर्स–६२’ मा सहभागी शिक्षार्थीहरुको टोली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बालुवाटारमा सोमबार शिष्टाचार भेटवार्ता भएको हो । उक्त टोली आइतबार आएको हो भने भदौ १६ मा फर्कने कार्यक्रम छ ।

हवाई उप–मार्सल तेजवीर सिंहको नेतृत्वमा उक्त टोली आएको हो । उनीहरुले अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उक्त टोली मंगलबार पोखरास्थित मध्य कमान्ड हेडक्वार्टरको भ्रमणमा जाने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077