Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पर्यटनमन्त्री श्रेष्ठ र कतारका राजदूत युसुफ बिनबीच शिष्टाचार भेटवार्ता

    पर्यटनमन्त्री श्रेष्ठ र कतारका राजदूत युसुफ बिनबीच शिष्टाचार भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 840
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    सोमबार मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी हो ।



    नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापित भएको ४६ वर्ष पुगेको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध र सहकार्य अझै फराकिलो होस् भन्ने नेपालले चाहेको बताएका छन् ।



    नेपाल–कतार दुईतर्फी हवाई सेवालाई थप प्रभावकारी बनाउनेबारे गम्भीर छलफल भएको थियो । सो अवसरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेबारे पनि छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार