Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • केन्यासँगको चौथो टी-२० जित्न नेपाललाई १०२ रनको लक्ष्य

    केन्यासँगको चौथो टी-२० जित्न नेपाललाई १०२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 957
    SHARES

    काठमाडौं । केन्यासँगको चौथो टी-२० खेल जित्न नेपालले १०२ रनको लक्ष्य पाएको छ । नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सबै विकेट गुमाएर १०१ रन बनायो ।

    केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स ओबुयाले २० र कप्तान शेम एनगोचेले १३ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।



    पहिलो विकेटका लागि ओपनरद्वय कोलिन्स ओबुया र एलेक्स ओबान्डाले २५ रनको साझेदारी गरेपनि त्यसपछि कुनै पनि विकेटका लागि राम्रो साझेदारी बन्न सकेन । कोलिन्स २० रन बनाएर सातौं ओभरमा आउट हुँदा केन्या २५-१ को अवस्थामा थियो ।



    त्यसपछि केन्याले लगातार विकेट गुमायो । कप्तान सन्दीप लामिछाने र शाहब आलमको स्पीनर जोडी र आदिल आलमले केन्याको इनिङ्सलाई ध्वस्त बनाए । सन्दीपले खेलमा ५ विकेट लिए । उनले कोलिन्सलाई शाहबबाट क्याचआउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार