काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।
कांग्रेस पदाधिकारीसहित सोमबार शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले धेरै नेपालीहरु नागरिकताविहीन भएको भन्दै प्रमाणीकरण गर्न अनुरोध गरेका हुन्।
संसदको दुवै सदनबाट पास भएर प्रमाणीकरणका लागि शीतल निवास पुगेको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गरेकी थिइन्।
तर प्रतिनिधिसभाले उक्त विधेयकलाई पुनः जस्ताको तस्तै पारित गरेको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागपछि मतविभाजन गरिएको उक्त विधेयक पुनः बहुमतका साथ पारित भएको थियो।
Leave a Reply