काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा आफूहरु ६० सिटभन्दा घट्न नसकिने बताएका छन्।
पार्टीको उपत्यका विशेष कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये आफूहरुले ६० सिटमा दाबी गरिरहेको बताएका हुन्।
उनले प्रदेशतर्फ त्यसैको हिसाबमा १ सय २० सिटमा दाबी रहन सक्ने बताए। उनले अहिले सत्ता गठबन्धन कुनै हालतमा नभत्किने भन्दै कन्फ्युज नहुन नेता कार्यकर्तालाई आग्रह दिए।
उनले गठबन्धनभित्र पहिलो चरणमा दलहरुले पाउने सिट संख्या टुंग्याउने र त्यसपछि कुन ठाउँमा कुन सिट कसले पाउने भन्ने निर्धारण गरिने बताए। उनले यहि २० गतेसम्म सिट बाँडफाँट टुंगिने दाबी पनि गरे।
Leave a Reply