Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेनलाई सर्वोच्चको आदेश - अवहेलना सम्बन्धी मुद्धामा ३ दिनभित्र लिखित जवाफ दिनु

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी अभियोगमा ३ दिनभित्र लिखित जवाफ पेश गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सोमवार मेयर साहलाई लिखित जवाफका लागि आदेश दिएको हो।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो ।

उक्त आदेशको विरुद्धमा बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएपछि अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । त्यसैविरुद्ध परेको रिटमाथि सोमवार सुनुवाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077