Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महासचिव पोखरेल भन्छन् - राष्ट्रको पक्षमा उभिँदा एमालेविरुद्ध घेराबन्दी भयो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली जनताको अभिभावक भएको दाबी गरेका छन्।

चुनावी तयारीबारे एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘जनताको अभिभावक केपी ओली नै हुन्। त्यसैले हामीले उहाँलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ। हामीले एकल बहुमतको अपेक्षा गरेका छौँ।’

उनले हिंसा पीडित नागरिकलाई भएको समस्या समाधानका लागि ओलीले नै भूमिका खेलेको दाबी गरे। संविधान बनाउने बेलामा बाह्य हस्तक्षेप खेपेर ओलीले आफूलाई सफल नेताको रूपमा प्रस्तुत गरेको बताए।

नाकाबन्दी र नेपालको भूमि छापेको नक्सा ल्याएपछि पार्टीभित्र विग्रह सुरु भएको बताए। राष्ट्रको पक्षमा उभिदा आफ्नो पार्टी नेतृत्व र पार्टीमाथि घेराबन्दी भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077