Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्छ : गृहमन्त्री खाँण

    राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्छ : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 891
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन गर्न बनेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका छन् ।

    सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा गृहमन्त्री खाँणले विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सुझाव र सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका हुन् ।



    राष्ट्रपतिबाट सन्देशसहित विधेयक फिर्ता आउनु प्रक्रिया नै रहेको भन्दै उनले राष्ट्रपतिले पठाएको सन्देशउपर नै छलफल गर्नुपर्नेमा जोड दिए । बैठकमा सांसदहरुले विधेयकउपर हालेको संशोधन प्रस्तावको विषयमा जिज्ञासा राखेका थिए ।



    तर, गृहमन्त्री खाणले विधेयक पास गर्दा अस्वीकृत भएका संशोधन प्रस्तावमाथि छलफल नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार