Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भदौ २० भित्र उम्मेदवार सिफारिस गर्न एमाले बागमतीको निर्देशन

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश संगठन कमिटीले बागमती प्रदेशभरका सबै प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रमा समन्वय कमिटी बनाउने निर्णय गरेको छ ।

कमिटीको सोमबार बसेको बैठकले बागमती प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको हो ।

एमाले बागमतीका सहसचिव एवम् प्रचार विभाग प्रमुख महेश बर्तौलाले भदौ १५ भित्र समन्वय कमिटी बनाइसक्ने निर्णय भएको जानकारी दिए ।

सिफारिससँगै बैठकको निर्णयको प्रतिलिपि र प्रस्तावित उम्मेदवारका सम्बन्धमा सम्बन्धित जिल्ला कमिटीको आवश्यक राय भदौ २० गतेभित्र प्रदेश कार्यालयमा पेश गर्नुपर्ने निर्णय गरिएको बर्तौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077