Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • भारतीय काँग्रेस अध्यक्षको निर्वाचन अक्टोबर सत्रमा हुने

    भारतीय काँग्रेस अध्यक्षको निर्वाचन अक्टोबर सत्रमा हुने

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 936
    SHARES

    एजेन्सी । भारतीय काँग्रेसको अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा हुने भएको छ ।

    पार्टीको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले अध्यक्ष चयनका लागि मतदान हुने मिति तय गरेको हो ।



    मतगणना भने मतदान भएको दुई दिनपछि अक्टोबर १९ मा गर्ने निर्णय भएको पनि नेताहरुले जानकारी दिएका छन् । बैठकमा भारतका पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता डा मनमोहन सिंह, पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धी, पूर्व अध्यक्ष राहुल गान्धी, महामन्त्री प्रियंका गान्धी भद्रालगायतले अनलाईन मार्फत बैठकमा सहभागीता जनाPsf थिP ।



    पार्टीका वरिष्ठ नेता गुलाम नाबी असदले गत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेको पर्सी पल्ट काँग्रेसको बैठक बसेको हो ।

    पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन प्राधिकरणले समयमै निर्वाचन गराउन प्रक्रिया र गृहकार्य सुरु गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार