Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सर्वाधिक कर तिर्नेमा सूर्य नेपाल, नबिल र एनआईसी बैंकिङतर्फ धेरै तिर्ने

    सर्वाधिक कर तिर्नेमा सूर्य नेपाल, नबिल र एनआईसी बैंकिङतर्फ धेरै तिर्ने

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 960
    SHARES

    काठमाडौं । सरकारलाई सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल परेको छ । बैंक तथा वित्तीय क्षेत्रमा एनआईसी एशिया र नबिल बैंक अगाडी रहेका छन् ।

    गत वर्ष बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने नबिल बैंक परेको थियो भने यस पटक नबिलभन्दा एनआईसी बैंक अगाडी आएको छ ।



    प्रत्येक वर्ष जसो सर्वाधिक कर तिर्ने पहिलो नम्बरमा सूर्य नेपाल नै पर्ने गरेको छ । गतवर्ष पनि बढी कर तिर्ने कम्पनीहरूमा यही कम्पनी नै पहिलो नम्बरमा परेको छ । अघिल्लो वर्ष सर्वाधिक कर तिर्ने करदातामा सूर्य नेपाल नै पहिलो नम्बरमा थियो ।



    अघिल्लो वर्ष नौ अर्ब ३४ करोड रुपैयाँ कर तिरेको यो कम्पनीले गतवर्ष १० अर्ब ७२ करोड रुपैयाँ कर तिरेको छ । यो कम्पनीले ठूला करदाता कार्यालय स्थापना भएदेखि नै सर्वाधिक कर तिर्दै आएको छ ।

    ठूला करदातामा बुझाएको करको विवरणअनुसार गतवर्ष चारवटा कम्पनीले पाँच अर्बभन्दा बढी कर तिरेका छन् । पाँच अर्बभन्दा बढी कर बुझाउनेमा सूर्य नेपाल, नेपाल दूरसञ्चार कम्पनी, निजि ष्क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल, र खेतान समूहको गोर्खा बु्रअरी रहेका छन् ।

    गतवर्ष बढी कर तिर्ने १० वटा कम्पनीमध्येमा पाँच वटा बैंक परेका छन् । बढी कर तिर्ने बैंकहरूमध्ये शीर्ष पाँचमा एनआईसी एशिया, नबिल, ग्लोबल आइएमई, सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

    त्यस्तै बढी कर तिर्ने बैंकहरूमध्ये पहिलो नम्बरमा रहेको एनआईसी एशियाले गत वर्षको भन्दा कम कर तिरेको छ । अघिल्लो वर्ष तीन अर्ब ६१ करोड रुपैयाँ कर तिरेको यो बैंकले गत वर्ष तीन अर्ब ४१ करोड रुपैयाँ कर तिरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार