Online Nepal
  • बुधबार, १० पुष २०८१
  • दलहरुबीच आ–आफ्नै अडान

    सत्तारुढ कार्यदलको आजको बैठक पनि निष्कर्षविहीन, शीर्ष नेतालाई नै जिम्मा दिने तयारी

    सत्तारुढ कार्यदलको आजको बैठक पनि निष्कर्षविहीन, शीर्ष नेतालाई नै जिम्मा दिने तयारी

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 813
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो ।

    सिट बाँडफाँडबारे गठबन्धनमा रहेका दलहरु आफ्नो अडानमा कायम भएपछि बैठक निष्कर्षविहीन भएको बताइएको छ ।



    कार्यदलमा एक सदस्यका अनुसार यसअघि जस्तै काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी कायम राखेको छ ।



    निरन्तर बैठक बसे पनि दलहरुबीच आ–आफ्नै दाबी रहेपछि त्यही कुरा लेखेर शीर्ष नेतालाई बुझाउने तयारी भएको बताइएको छ । अब अर्को बैठक कहिले बस्ने भन्ने पनि टुंगो नभएको कार्यदल सदस्य हिमलाल पुरीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार