Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • साफ यू–१७ च्याम्पिनसिप : २४ सदस्यीय नेपाली टोलीको घोषणा

    साफ यू–१७ च्याम्पिनसिप : २४ सदस्यीय नेपाली टोलीको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 726
    SHARES

    काठमाडौं । श्रीलंकामा भदौ २० देखि २९ गतेसम्म आयोजना हुने साफ यू–१७ च्याम्पिनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।

    मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोलीको घोषणा गर्नुभएको हो । नेपाललको यसै वर्ष एएफसी यू–१७ एसिया कप छनोट समेत खेल्दैछ ।



    च्याम्पिनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा भारत र भुटानसँग छन् । समूह ‘ए’ मा श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।



    नेपाली टोली :

    गोलरक्षक : कृष्ण मोक्तान, समिर चन्द र रुविन बोगटी

    रक्षक : आश्विन घोरासाइने, सेमन्त थापा, युनेश बुढाथोकी, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रनित कार्की र धिरज विश्वकर्मा

    मिफिल्डर : प्रशान्त लक्षम, मिरक लिङदेन, सरोज दलार्म, हरिशराज भट्ट र लक्षु थापा

    स्ट्राइकर : निरज कार्की, धनसिंह विक, विनोद केसी, समिर तामाङ, सिजल राई र सुवास बम ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार